सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ उच्च रेकर्ड कायम गरेको छ।
हिजो एकैदिन सुनको मूल्य ३,००० रुपैयाँले वृद्धि भए पनि आज प्रतितोला २,४०० रुपैयाँले बढेर उच्च दरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २,४०,४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन २,३८,००० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३,१२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ३,२२० रुपैयाँ पुगेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            