‘नालायक अध्यक्ष राजीनामा दे’ भनेपछि श्रेष्ठ प्रहरी भ्यानमा, कर्मचारी हेरेको हेर्यै

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र लगानीकर्ताबीचको वार्ता गए राति ढिलो सकिएको छ । लगानीकर्ताले बोर्डले लिखित निर्णय दिएपछि मात्र बाहिरिने अडान लिएका कारण वार्ता लामो समयसम्म चलेको थियो ।

वार्तापछि पनि लगानीकर्ताहरू केही समय बोर्डभित्रै बसेर ‘नालायक अध्यक्ष राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए । त्यसपछि राति साढे १० बजेतिर अध्यक्ष श्रेष्ठ र अन्य पदाधिकारीहरूलाई प्रहरीले बोर्ड परिसरबाट भ्यानमा घर पठाएको थियो ।

बोर्ड र लगानीकर्ताबीचको विवाद धितोपत्र बजारमा देखिएको अस्थिरता, नीतिगत निर्णय र नियामकको भूमिका केन्द्रित रहेको बताइन्छ ।

यता, कर्मचारीहरुलाई नियम विपरित दिइएका सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयले ताकेता गरेपछि बोर्डले हालसम्म प्रदान गरिएको फिर्ता नगर्ने र आगामी दिनमा मन्त्रालयको स्वीकृति र प्रचलित ऐन, नियमले व्यवस्था गरेको बाहेक सुविधा नदिने समझदारी भएको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र महाशाखाले बोर्डलगायत सबै बैंक तथा वित्तीय संस्था, सरकारी संस्थानमा यसअघि पटके निर्णय गरेर दिने गरिएका, कुनै ऐनमा व्यवस्था नभएको सुविधा खारेजीका लागि असोज पहिलो साता पठाइएको परिपत्रको अनुगमन थालिएको जनाएको छ ।

 

 

जनआस्थाबाट साभार