सरकारमा सहभागी गराइयोस् : मुस्लिम जेन-जी

जेन- जी मुभमेन्ट अलाइन्सअन्तर्गत जेन जी मुस्लिम समुदायले सरकारमा आफ्नो समुदायको सहभागिता खोजेको छ । आन्दोलनमा मुस्लिम समुदाय पनि सहभागी भएकाले वर्तमान सरकारमा आफूहरुकोसमेत सहभागिता हुनुपर्ने उसको जिकीर छ ।

‘जेन जी आन्दोलनका क्रममा विभिन्न समुदायका जनताले आफ्नो ज्यानको आहुति दिँदै गर्दा मुस्लिम समुदायको पनि उल्लेख सहभागिता रह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम, मधेशीलगायत सबैखाले वञ्चितीकरण, अन्यकरण वा ऐतिहासिक उत्पीडनबाट पीडित सीमान्तकृत समुदायले हरेक आन्दोलनमा बलिदान गर्ने तर बलिदानको कदर गर्ने समयमा सधैं उपेक्षा गर्ने प्रवृत्तिले अब निरन्तरता नपाओस् ।’

जेनजी आन्दोलनले त्यस्तो प्रवृत्तिको समेत खारेज गरेको धारणा व्यक्त गर्दै भनिएको छ, ‘नेपाल सरकारले सबै सीमान्तकृत समुदायसहित मुस्लिम समुदायको योगदान र बलिदानको कदर गरी सरकारमा सहभागिता सुनिश्चित गर्न तत्काल कदम चालोस् भन्ने दृढ माग गर्दछ ।’

 

 

जनआस्थाबाट साभार