ख्यातिप्राप्त अभिनेता राजेश हमालको जीवन र करियर समेटिएको पुस्तक युगदेखि युगसम्म हालै राजाधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले अभिनेता हमालको पहिलो फिल्मबाटै नामकरण गरिएको पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन्।
पुस्तक लेखक यज्ञशसगको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रममा हमालले देशमा विकसित पछिल्लो घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको चर्चा गर्दै देशबारे चिन्ता प्रकट गरे। हमालले आफूले पुस्तकमा बाल्यकालदेखि युवा अनि अहिलेसम्मको वयमा आइसक्दासम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको बताए।
‘यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रूपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु। मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसग म यसरी खुलेको छु, सायद त्यति त मधुसग पनि खुलेको छैन कि? ’ हमालले सुनाए। उनले दर्शक पाठकका साथ आप्mनो अर्को भेट नारायणगढमा हुनेसमेत जानकारी गराए। ‘युगदेखि युगसम्मको विमोचन अहिले काठमाडौंमा भयो। अब अर्को भेट नारायणगढमा कात्तिक १ गते नारायणी कला मन्दिरमा हुनेछ’ हमालले जानकारी गराए।
लेखक बुद्धिसागरले पुस्तकबारे चर्चा गरे। अभिनेता हमाललाई जसरी देखिएको र बुझिएको छ, पुस्तकले सरल रूपमा उनको विषयमा अझ फराकिलो गरी बुझाउने बुद्धिसागरेको भनाइ थियो। ‘एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएं । त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु। यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन्। पुस्तक पठनीय छ। अझ फराकिलो गरी उहा“लाई बुझ्न सकिन्छ’ उनले खुलाए।
पुस्तक लेखनका क्रममा हमालसँग लामो समय बिताएको लेखक यज्ञशले बताए। लेखनका लागि तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ।
राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले बताइन्। ‘राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरुले पनि त्यसैगरी नै बुझ्नुहुनेछ’ मधुले सुनाइन्।
हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीको भनाई छ।
‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो’ उनले भने।
