वीरगञ्जमा दिपल इभीको ‘फ्युचर ड्राइभ एक्स्पिरियन्स’: रोबोटसँग अन्तरक्रिया सहित चारदिने एक्सचेन्ज कार्यक्रम

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

एमएडब्लु वृद्धिले दिपलको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम उद्घाटनको अवसरमा आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ। यो कार्यक्रम असोज ३० देखि कात्तिक ३ गतेसम्म चल्नेछ। यस अवधिमा ग्राहकले दिपल र अवतार ब्रान्डका लक्जरियस इलेक्ट्रिक भेइकल (EV) हरूको अनुभव लिनुका साथै पुराना सवारी साधन साट्न सक्नेछन्।

कार्यक्रमको मुख्य आकर्षण — दिपल S05

यस विशेष इभेन्टको केन्द्रमा रहनेछ IF Design Award विजेता दिपल S05, जुन यस वर्षको नाडा अटो शोमा “Show Stopper” बनेको थियो। रिमोट इन–आउट पार्किङ, Queen CoPilot C सिस्टम, र ५,००० भन्दा बढी चार्ज साइकल क्षमतायुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक फिचरका कारण दिपल S05 नेपालमा सार्वजनिक भएको दुई महिनामै लोकप्रिय इभी बनेको छ।

अन्य मोडलहरू पनि प्रदर्शनमा

दिपल S05सँगै, दिपल S07 ICS, दिपल E07, दिपल L07 र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट SUV – अवतार 11 पनि प्रदर्शनमा रहनेछन्। यी सबै मोडलहरूलाई नेपालका ग्राहकले पहिलो पटक एउटै ठाउँमा अनुभव गर्न पाउनेछन्।

रोबोटिक अनुभवको पहिलो झल्को मधेशमा

यस कार्यक्रमको अर्को आकर्षण हुनेछ मानवाकृत रोबोट र कुकुर रोबोटसँगको अन्तरक्रिया, जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो। यसले प्राविधिक नवप्रवर्तन र इभी प्रविधिको भविष्यबारे जनतामा प्रत्यक्ष अनुभव दिलाउने अपेक्षा गरिएको छ।

ग्राहकका लागि विशेष अफर

चार दिनसम्म चल्ने यस “Experience & Exchange” कार्यक्रममा सहभागी ग्राहकले निम्न आकर्षक अफरहरू पाउनेछन्:

  • उत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस

  • नगद छुट

  • निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स

  • निशुल्क वाल चार्जर र ट्राभल चार्जर

  • फ्री एसेसोरिज प्याकेज

नयाँ पुस्ताका लागि फ्युचरिस्टिक अवसर

एमएडब्लु वृद्धिका अनुसार यो कार्यक्रम वीरगञ्ज, जनकपुर, हेटौँडा र आसपासका ग्राहकहरूका लागि भविष्यमा केन्द्रित, प्राविधिक रूपमा उन्नत इभीमा अपग्रेड हुने सर्वोत्तम अवसर हो।

कार्यक्रमका आयोजकहरूले भनेका छन् —
“यो केवल इभी बिक्रीको कार्यक्रम होइन, नेपालमा ‘फ्युचर मोबिलिटी’ लाई महसुस गराउने पहिलो प्लेटफर्म हो।”

यससँगै, दिपलको नयाँ सोरुम उद्घाटनले वीरगञ्जलाई नेपालको इभी हबको रूपमा उभ्याउने संकेत दिएको छ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार