नेपाल आउने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दाँजोमा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म नेपालको भ्रमण आय ११ अर्ब ५८ करोड रुपैयाँ बराबर छ ।
कुल भ्रमण व्ययबाट शिक्षातर्फको खर्च घटाउँदा नेपालीले विदेश घुमफिरमा गरेको खर्च धेरै देखिन्छ । यस्तो रकम १४ अर्ब ५५ करोड रुपैयाँ छ । भदौसम्म भ्रमण आय ९।८ प्रतिशतले बढे पनि त्यो रकम नेपालीले विदेशमा गर्ने खर्चको तुलनामा भने कम छ । अघिल्लो वर्ष भदौसम्म पर्यटकबाट हुने आम्दानी १० अर्ब ५५ करोड रुपैयाँ थियो ।
अघिल्लो वर्ष शिक्षा र घुमफिरमा जाने नेपालीले ४३ अर्ब १८ करोड रुपैयाँ विदेश लगेका थिए । गत वर्ष शिक्षामा २८ अर्ब २० करोड विदेशिएको थियो ।
नेपाल आउने रकमभन्दा विदेशिने रकम धेरै हुँदा भदौसम्म खुद सेवा आय भने ३१ अर्ब १६ करोडले घाटामा रहेको देखिन्छ । गत आव सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोड घाटामा थियो ।
