अमेरिकामा वित्तमन्त्री खनालद्वारा द्विपक्षीय तथा विकास साझेदारी छलफल

वित्तमन्त्री रमेशोर प्रसाद खनालले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुँदै अमेरिकी र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग विविध छलफल गरेका छन् ।

मंगलबार मन्त्री खनालले संयुक्त राज्य अमेरिका व्यापार उपप्रतिनिधि ब्रायन स्विट्जरसँग भेटघाट गरेका थिए । बैठकमा द्विपक्षीय व्यापार, कर नीतिसँग सम्बन्धित विषयमा छलफल भएको थियो । अमेरिकी तथा नेपाली दुवै पक्षका अधिकारीले सहभागी भएको यस बैठक फलदायी रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यसै दिन, मन्त्री खनालले साउदी फण्ड फर डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत अब्दुल रहमान अल–मार्शदसँग पनि सहकार्यका विषयमा छलफल गरेका थिए ।

त्यसअघि, उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग समेत विचार–विमर्श गरेका थिए ।

बैठकमा नेपालका अमेरिकास्थित राजदूत लोक दर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालको टोलीका सदस्यहरू र अन्य कर्मचारी उपस्थित थिए ।