योगेन्द्र यादवद्वारा मधेश नेतृत्वका दाबेदार बहिष्कार

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार

जनता समाजवादी पार्टी -जसपा नेपाल मधेशको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।

नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका हुन् ।

जसपा, नेपालको विधानविपरीत अधिवेशन भइरहेकाले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताए ।

अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरीत आफूखुशी प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको उनले बताए ।

यादवसँगै उहाँको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् ।

यसका साथै मधेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायत केही जिल्ला अध्यक्षहरुले पनि उनलाई समर्थन गरेका छन् ।

 

 

 

 

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार