विश्वभरका चिकित्सकको योग्यता परीक्षण गर्ने एमआरसीपी युके पेसेस परीक्षा चौथो पटक नेपाल मेडिसिटीमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्सका ४६ परीक्षार्थी सहभागी भएका थिए।
अब नेपाली चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरको यो परीक्षा आफ्नै देशमा दिन सक्ने वातावरण बनेको छ।
असोज २८ गतेदेखि सुरु भएर ३० गतेसम्म ३ दिन सञ्चालन भएको यो परीक्षामा यो वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्स देशका ४६ परीक्षार्थीहरू सहभागी रहेको डाक्टर नीरज जोशीले बताए । उनी यो परीक्षामा नेपालकोतर्फबाट प्रमुख परीक्षक हुन् ।
बिहीबार मेडिसिटीमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर जोशीले दक्षिण एसियाको परीक्षा केन्द्रमध्ये नेपाल पनि पर्ने तर नेपालको लागि भने नेपाल मेडिसिटी पहिलो र एकमात्र केन्द्र रहेको जनाए ।
‘एमआरसीपी भनेको नेपाल र इन्डियाको एमडी इक्विभ्यालेन्ट डिग्री हो ।
सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ ।
यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसीपी युकेबाट अनुमति पाएका जुनसुकै अस्पतालमा काम गर्न सक्दछन् । धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसीपी युके योग्यता पूरा गर्नका लागि विदेशिने गरेको हुँदा यो परीक्षालाई सुरु गरेको पनि डाक्टर जोशीले बताए ।
