पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

यस्तै,आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 

 

 

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार