“नेपाल भ्रमणका लागि विश्व समुदायलाई अर्थमन्त्री खनालको आह्वान”

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार

अर्थमन्त्री रमेश्वर प्रसाद खनालले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन्। उनले नेपाललाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा समृद्ध देशका रूपमा वर्णन गर्दै पर्यटकहरूलाई एकपटक नेपाल अवश्य भ्रमण गर्न आग्रह गरेका हुन्।

बिहीबार विश्व बैंक समूहले आयोजना गरेको “Sustainable Tourism: For Jobs, Livelihoods, and Economic Growth” शीर्षकको छलफल कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको पर्यटन क्षेत्रको विविध सम्भावना र अद्वितीय आकर्षणहरूबारे प्रकाश पारे।

उनले भने, “नेपाल आगन्तुकहरूलाई न्यानो स्वागत र विश्वस्तरीय आतिथ्य प्रदान गर्ने देश हो।” साथै, उनले सरकार पर्यटकहरूको अनुभवलाई अविस्मरणीय बनाउन गुणस्तरीय सेवा र सहज वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायसँग नेपालका पर्यटन क्षेत्रमा रोजगार, जीवनयापन र आर्थिक वृद्धिको नयाँ अवसरहरू सृजना गर्न सहकार्यको अपेक्षा पनि व्यक्त गरे।

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार