सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते (आइतबार) बिहान १० बजे बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागिएको लाभांश पारित गर्नका लागि यो सभा आयोजना गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गर्ने जनाएको छ। लाभांश प्रस्ताव पारित भएपछि शेयरधनीहरूले सो अनुपातमा लाभांश प्राप्त गर्नेछन्।
साधारण सभाले बोनस र नगद लाभांशसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ सञ्चालक नियुक्त गर्ने, सामाजिक उत्तरदायित्वका क्रममा भएको अतिरिक्त खर्च अनुमोदन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
सिद्धार्थ बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।
बैंकको यो साधारण सभाले शेयरधनीहरूका लागि लाभांशसँगै आगामी नीतिगत निर्णयहरू तय गर्ने भएकाले लगानीकर्ताहरूको ध्यान आकर्षित गरेको छ।
