ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल फाइनान्स म्यागाजिन बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी लाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, ग्राहकमैत्री सेवा विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डमा ग्लोबल आइएमई बैंकलाई सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक घोषित गरिएको हो। यससँगै बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो।
बैंकका अध्यक्ष ढकालले भने, “यस सम्मानले हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्दछ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गर्दछौं।”
ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया-प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, युरोप र उत्तर अमेरिकाका उत्कृष्ट बैंकलाई सम्मान गरेको छ। ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक हो जसले यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
यस वर्षको अवार्डमा विश्वका अन्य प्रमुख बैंकहरूमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेसियाको यूओबी, बंगलादेशको सिटी बैंक, जापानको एसएमबीसी आदिलाई पनि सम्मान गरिएको छ।
ग्लोबल आइएमई बैंकले नेपाली नागरिकका लागि समयसापेक्ष नविनतम् सेवा उपलब्ध गराउँदै आइरहेको छ र ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय गरी १,००० भन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदा विदेशबाट रेमिट्यान्स पनि सहज रूपमा भित्र्याउने काम गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स ल्याउँदै आएको छ।
ग्लोबल आइएमई बैंकले यस अघि पनि बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२/२०२४/२०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
