नेपाल वायुसेवा निगमले जहाज ऋणको ५३ करोड भुक्तानी गर्यो

नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋण मध्ये असोज मसान्तसम्म ५३ करोड ९ लाख रुपैयाँ बराबरको किस्ता भुक्तानी गरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये न्यारोबडी जहाजको किस्ता पूरा र वाइडबडी जहाजको आंशिक किस्ता तिरेको जनाएको छ।

निगमका अनुसार हालसम्म जहाज खरिदसँग सम्बन्धित कुल ऋणतर्फ ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको किस्ता भुक्तानी भइसकेको छ।