सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो ।
कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने, “कान्छा शेर्पा विश्वप्रसिद्ध आरोही थिए ।
उनी सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य थिए । उनी हाम्रो सम्पूर्ण पर्वतारोहण समुदायका लागि मार्गदर्शक थिए । उनकै योगदानले नेपालको पर्वतारोहण र पर्यटन उद्योगले विश्वव्यापी ख्याति प्राप्त ग-यो ।”
त्यहाँ उनको भेट तेन्जिङ नोर्गे शेर्पासँग भयो, जसले उनलाई सन् १९५३ को सर एडमण्ड हिलारीको एभरेस्ट अभियानमा सहभागी हुन सहयोग गरे । अभियानमा उनले दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे ।
