शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि छलफल भएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गरेर उनले मन्त्री हुँदा आफूले करिब एक महिनामा गरेका कामबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्। ‘कुलपति प्रधानमन्त्री हुने चलन छ।
 अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ। छलफल हुँदैछ,’ पुनले भने।
तर, त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने र अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उल्लेख गरे। ‘यसका लागि कानुन बनाउनुपर्छ,’ मन्त्री पुनले भने, ‘तर, अहिले संसद् छैन। अध्यादेश पनि ल्याउन पाइँदैन।’
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            