इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।
हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले केहीबेर सम्बोधन गरिन् । उनले हमासको आक्रमणमा पर्ने बेलामा त्यतिबेला विपिनसहित नेपाली युवाहरूलाई परेको दुख्ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने बताइन् ।
‘त्यहाँ अपहरणको शिकार हुँदा कति दुस्ख खेपे होलान् । कति कष्ट खेपे होलान् । के भएको थियो होला त्यो युवाको मनमा,’ उनले भनिन् ।
साथै, उनले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रतयेक नेपाली आमाको छोरा भएको बताइन् ।
जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।
