तिहारको तेश्रो दिन आज गाईको पूजा गरिदैछ ।
गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
तिहारको दोश्रो दिन हिजो कुकुर पूजा र भगवान लक्ष्मीको पूजा गरियो । भोली चौथो दिन गाई गोरु र गोवर्द्धन पूजा पनि गरिँदैछ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
राष्ट्रिय पञ्चांगणले आज गाईको पूजा भनेर उल्लेख गरेको भएपनि विधि अनुसार भोली नै गाई र गोरुको पूजा भनेर पनि उल्लेख छ र आज तिहार बिदा मात्र पनि भनिएको छ ।
