‘जेनजी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा नेकपा -एमाले निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन् ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बाराही बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।
चक्रपथ,महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेबे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जनाए ।
उनले धुम्बाराही क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिएर रकम असुल गर्दै आएका थिए ।
गुण्डागर्दी,मीटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि खोजी गर्दा नेकपा (एमाले)का नेताहरुले नपक्रिन प्रहरीलाई पटक पटक फोन गरेका थिए ।
उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् ।
गुण्डागर्दीमा सलंग्न थेबे पटके गुण्डासमेत हुन् । गुण्डागर्दी,मीटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि खोजी गर्दा नेकपा -एमालेका नेताहरुले नपक्रिन प्रहरीलाई पटक पटक फोन गरेका थिए ।
वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।
प्रहरी स्रोतका अनुसार यो ठगीमा सनम थेबे पनि संलग्न थिए । तर ताप्लेजुङका एमाले नेताहरुको दबाबमा थप अनसन्धान रोकिएको थियो ।
उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रमहरुमा युवाहरु भेला पारेर लैजाने गरेका थिए ।
जनआस्थाबाट साभार
