आज संयुक्त राष्ट्रसंघ दिवस । विविध कार्यक्रम गरि मनाइदै छ ।
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ । सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ ।
पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो ।
दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ ।
संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।
