सामसङको ‘फोल्ड ७’ लन्च: नवप्रवर्तन र उद्यमशीलताको संगम

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार

काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गर्दै नेपाली बजारमा फोल्डेबल प्रविधिको नयाँ अध्याय सुरु गरेको छ । नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा सामसङले यो अत्याधुनिक स्मार्टफोन शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो ।

कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभीबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ । यस सहकार्यले प्रविधि, मिडिया र उद्यमशीलतालाई एकैसाथ जोड्दै नयाँ पुस्ताका व्यवसायिक रचनाकारहरूलाई प्रेरणा दिने उद्देश्य लिएको छ ।

व्यापारिक दृष्टिकोण र नवीन सोचका लागि परिचित शार्कहरूले सामसङको फोल्डेबल फोनको नयाँ पुस्तामा समावेश क्रान्तिकारी डिजाइन, उच्च प्रदर्शन र एआई–सञ्चालित विशेषताहरूको अनुभव गरेका थिए ।

कार्यक्रममा सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले भने,

“सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ, जुन शार्क ट्याङ्क नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ। नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हुन्, उनीहरूका लागि बनेका छन् जो विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्छन्।”

‘ग्यालेक्सी जेड फोल्ड ७’ ले फराकिलो डिस्प्ले, शक्तिशाली मल्टिटास्किङ क्षमता र एआई एकिकृत कार्यसम्पादनमार्फत प्रयोगकर्ताको उत्पादकता र सिर्जनशीलतामा नयाँ आयाम थप्ने सामसङको दाबी छ ।

यस नवीन मोडलको सार्वजनिकतासँगै सामसङले पुनः एकपटक नवप्रवर्तन र डिजाइन प्रविधिमा आफ्नो अग्रणी स्थान सुदृढ गरेको छ ।

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार