काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काले छठ पर्वले सामाजिक सद्भाव, सौहार्द र राष्ट्रिय एकता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
आज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै खड्काले यस पर्वले सहकार्य, अनुशासन, पारिवारिक एकता र सामाजिक मेलमिलापको भावना बलियो बनाउने बताए।
खड्काले भने,“नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देश हो। यहाँ मनाइने पर्वहरूले हामी सबैलाई आपसी सौहार्द, सहिष्णुता र राष्ट्रिय एकतामा अझ नजिक बनाएको छ। हाम्रो पर्वहरूले सामाजिक सम्बन्ध सुदृढ गर्नुका साथै राष्ट्रिय पहिचान र समृद्ध राष्ट्र निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्।”
उनी सबै नेपाली नागरिकलाई शान्ति, सुख–समृद्धिको कामना गर्दै, छठ पर्वले सबैलाई सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुर्याउन प्रेरित गर्ने आशा व्यक्त गरे।
