एमालेका देवीप्रसाद भट्टचन पक्राउ

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए। १४ औँ महाधिवेशनअघि सभापति शेरबहादुर देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए।

१९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचनले वित्तीय संस्था र कार्गो व्यवसाय पनि थालेका थिए। उनले प्रभु हेलिकप्टर पनि सञ्चालन गरेका छन्।

 

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार