नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। अधिक तरलता व्यवस्थापनका उद्देश्यले राष्ट्र बैंकले बुधवार (कात्तिक १२ गते) सो रकम निक्षेप संकलनमार्फत तान्ने निर्णय गरेको हो।
केन्द्रीय बैंकका अनुसार, आजै दिउँसो मध्यान्ह ३ बजे बोलकबोल (auction) प्रक्रिया मार्फत निक्षेप संकलन हुनेछ। उक्त निक्षेप १७५ दिन अवधिका लागि रहनेछ।
राष्ट्र बैंकले तोकेको नियमअनुसार, घटिमा १० करोड रुपैयाँ सम्मको दरमा आवेदन दिन सकिनेछ, र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा आउने नि:शेष भागका आधारमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
सावाँ तथा ब्याज भुक्तानी २०८३ साल कात्तिक १२ गते तोकिएको छ। यस निक्षेपको ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निर्धारण गरिनेछ।
राष्ट्र बैंकका अनुसार, हाल बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता रहेका कारण बजारमा ब्याजदर घट्ने जोखिम बढेको छ। त्यसैले मौद्रिक सन्तुलन कायम राख्न केन्द्रीय बैंकले सो कदम चालेको हो।
