सोल्टी होटल लिमिटेडको संचालकमा टंक निधि दाहाल नियुक्त भएका छन्। उनी नेपाल वायु सेवा निगमको प्रतिनिधित्व गर्दै होटलको संचालक बनेका हुन्। यसअघि निगमको तर्फबाट संचालकमा युवराज अधिकारी प्रतिनिधित्व गर्दै आएका थिए।
नवनियुक्त दाहाललाई कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले संस्थागत सेयरधनीको तर्फबाट औपचारिक रूपमा नियुक्त गरेको हो। टंक निधि दाहाल हाल नेपाल वायु सेवा निगमको मार्केटिङ विभाग निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।
