प्रतिनिधि सभा विघटनविरुद्ध रिटमा संवैधानिक इजलास गठन

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठन भएको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

गत भदौ २७ मा तत्कालीन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। यस कदमलाई संविधानविपरीत भएको भन्दै विभिन्न अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। सोही सरकारले प्रतिनिधि सभा विघटनको निर्णय गरेको हो।

सर्वोच्चमा गठन भएको संवैधानिक इजलासले यस रिटमा विस्तृत सुनुवाइ गरी निर्णय दिने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार