नेकपा एमालेको पार्टी कार्यालय पुननिर्माण हुदैँ (तस्बिरहरु)

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ ।

असोज २४ गते भएको जेनजी आन्दोलनका दौरान एमाले मुख्यालयमा तोडफोड एवं आगजनी हुँदा पूर्णरूपमा क्षति भएको थियो ।

करिब १० करोड रुपैयाँको क्षति बेहोरेको एमाले मुख्यालयको यतिबेला धमाधम पुनर्निर्माण भइरहेको छ ।