कलाकार र लेखकबीच प्रत्यक्ष संवाद

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

पोखरामा फाइनप्रिन्ट बुक्स र -यान्डम रिडर्स सोसाइटीको संयोजनमा आयोजित ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ सफलतापूर्वक सम्पन्न भएको छ। एकदिने उत्सवमा चर्चित कलाकार र लेखकहरूले आफ्नो अनुभव र कृतिहरूबारे प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रममा वरिष्ठ कलाकार राजेश हमाल र पत्रकार अपिल त्रिपाठीबीच ‘युगदेखि युगसम्म’ शीर्षकमा संवाद सत्र सम्पन्न भयो। सो अवसरमा हमालले आफ्नो जीवन यात्रा, चलचित्र क्षेत्र र सामाजिक दृष्टिकोणबारे विचार व्यक्त गरे।

त्यसैगरी, लोकप्रिय लेखक सुविन भट्टराईले आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजनी रूमाल’ लिएर उपस्थित भएर सनिशा भट्टराईसँग संवाद गरे। साथै, ‘शून्यको मूल्य’ र ‘स्वस्पर्श’ बाट पाठकको मन जित्न सफल डा. नवराज केसीले उपेन्द्र पौडेलसँग संवाद गर्दै साहित्यिक यात्रा र आफ्ना अनुभवहरू साझा गरे।

कार्यक्रम न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट हलमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा साहित्यप्रेमी, कलाकार, विद्यार्थी र पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ले साहित्य, कला र संवादको सेतु निर्माण गर्दै पोखराको सांस्कृतिक परिवेशलाई अझ समृद्ध बनाएको छ ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार