प्राधिकरणमा उद्योगीहरूको नाराबाजी

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

उद्योगहरुमा विद्युत आपूर्ति बन्दविरुद्ध रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल नतिर्ने उद्योगको लाइन काटेपछि उद्योगीहरूले संयुक्त रुपमा सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

उनीहरूले प्राधिकरणको भैरहवा वितरण केन्द्रअगाडि ‘हाम्रा समस्या समाधान गर’,‘सरकार असहयोगी नबन’,‘उद्योग सञ्चालन गर्ने वातावरण बनाऊ’,‘सरकार हाम्रो रोजीरोटी नखोस्’, लगायतका प्लेकार्ड बोकेर नाराबाजी पनि गरेका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघको अगुवाईमा भएको आन्दोलनमा रुपन्देही उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, रोजगारदाता तथा श्रमिक संघ, बुटवल उद्योग संघलगायतको सहभागिता छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल नतिर्ने डेढ दर्जनभन्दा बढी उद्योगमा विद्युत आपूर्ति बन्द गरेको छ । बिजुली नहुँदा ती उद्योगहरु बन्द भएका छन् भने श्रमिकहरु बेरोजगार बनेका छन् ।

 

 

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार