बालेनको अश्लील स्टाटसको स्क्रिनसट भाइरल

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार मध्यराति लेखेर मेटेको एउटा स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्को आलोचना भइरहेको छ।

शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा लेखेको त्यो स्टाटस उनले केही बेरपछि नै हटाएका थिए। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट गरेर व्यापक टिप्पणी गरिरहेका छन्।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका छन्।

अनि सबै मिले पनि केही गर्न सक्दैनन् पनि लेखेका छन्।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार