गुल्मीमा छोराद्धारा बुवाको हत्या

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

गुल्मीमा एक युवकले बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकको हत्या भएको हो।

गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार शनिबार उनलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेका हुन्। घरायसी विवादमा उनले बुवा र आमालाई आक्रमण गरेका प्रहरीले जनाएको छ।

धारिलो हतियार र मुग्रो प्रहार गरेर उनले बुवाको हत्या गरेका र आमालाई गम्भीर घाइते बनाएका हुन्।
छोराको आक्रमणबाट बुवाको घटनास्थलमै मृत्यु भएको छ।

छोराको आक्रमणबाट गम्भीर घाइते ४८ वषीया धनमाया विकलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ।

हत्यामा संलग्न युवकलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार