आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ।
यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो।
शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार-
वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रहनेछ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र कार्यालय खुल्नेछ।
शुक्रबारका दिन बिहान १०स्०० बजेदेखि अपरान्ह ३स्०० बजेसम्म कार्यालय समय कायम रहनेछ।
