सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (इ–जीपी) मा अत्यधिक चापका कारण देखा परेको समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।
कार्यालयका अनुसार, धेरैजसो बोलपत्रदाता अन्तिम समयमा मात्र बिड समिट गर्ने भएकाले प्रणालीमा एकैपटक भार बढ्ने र प्राविधिक समस्या देखा पर्ने गरेको छ। यसले बोलपत्र प्रक्रियामा जटिलता सिर्जना गर्ने र बोलपत्र छुट्ने जोखिम बढाउने भएकोले गुनासा बढ्दै गएको छ।
कार्यालयले स्पष्ट पारेको छ कि, “यदि सर्भरमा समस्या आएर प्रयोगकर्ताले पहुँच नै पाएनन् भने मात्र म्याद थप गरिनेछ। तर अन्तिम समयमा प्रणाली ढिलो भएको कारणले म्याद थप गर्न नमिल्ने भएकाले सबै सहभागीलाई समयमै बिड समिट गर्न आग्रह गरिएको छ।”
यस पहलपछि आगामी दिनमा ई–जीपी प्रणालीमा देखिने प्राविधिक समस्या न्यूनिकरण हुने अपेक्षा गरिएको छ।
