काठमाडौं । चर्चित कमेडिएन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् ।
शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।
तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन् ।
यसविचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् ।
उनले भनेका छन् :
बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ;
किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ ।
तर नेतृत्व केवल आवाजको कुरा होइन,
संयम, सोच र समयको पनि कुरा हो ।
पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे,
तर उनिहरुसंग न त backbone थियो, न त vision नै ।
अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन ।
किनभने हाम्रो लडाइँ status लेखेर होइन, system बदल्नका लागि हो ।
बालेनको हावा status सायद गलत सोचबाट होइन,
गलत तरिकाबाट आएको शब्द थियो ।
जनताले कुरा बुझ्न चाहेका थिए, न कि शब्द delete भएको देख्न ।
किनकी delete त post मात्रै हुन्छ,
तर आशा मभभितभ हुँदैन ।
हामीलाई अझै पनि विश्वास छ,
बालेनले direction देखाउने क्षमता राख्छ ।
तर डाइरेशन( direction ) दिन चाहने हातले, हावा होइन :
स्थिरता र संयम बोकेर लेख्नुपर्छ ।
किनभने अहिले देशलाई चाहिएको नेता
बोल्ने होइन, बुझ्ने र बुझाउने हो ।
र नेतृत्वको शक्ति शब्दमा होइन,
आत्मसंयम र दृष्टिमा हुन्छ ।
