नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ’ सुरु

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

नेपालकै अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र प्रमुख निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रूपमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरेका छन्।

यस योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकका लागि उपलब्ध हुनेछन्। बीमांकका विकल्पहरू रु. २ लाख, ३ लाख र ६ लाख तोकिएको छ भने प्रिमियम रु. १,३९९ बाट सुरु हुने कम्पनीले जनाएको छ।

‘सहारा हेल्थ इन्स्योरेन्स’ अन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मका सुविधा पाउनेछन्। नेपालभरका शिखर इन्स्योरेन्सका २६ नेटवर्क अस्पतालमा क्यासलेस उपचार सुविधा उपलब्ध हुनेछ भने अन्य मान्यता प्राप्त अस्पतालमा उपचारपछि क्यास रिइम्बर्समेन्ट सुविधा पाउने व्यवस्था गरिएको छ।

यस योजनाले आकस्मिक अवस्थाहरूमा आर्थिक तनावविना उपचार सम्भव बनाउनेछ। साथै योजना अन्तर्गत एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि उपलब्ध हुनेछ, जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन सहज बनाउनेछ।

शुभारम्भ कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “सहारा हेल्थ इन्स्योरेन्सले बीमा क्षेत्रको डिजिटलाइजेशनमा नयाँ अध्याय लेख्नेछ। यसले स्वास्थ्य बीमालाई सर्वसुलभ र पहुँचयोग्य बनाउनेछ।”

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार