कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

  • Clock icon
    २०८२ कार्तिक १७, सोमबार

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।

उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।