कोलम्बोमा सुरु हुँदै छ CAVA यू–१९ महिला भलिबल च्याम्पियनसिप

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

CAVA यू–१९ महिला भलिबल च्याम्पियनसिप आजदेखि श्रीलङ्काको कोलम्बोस्थित सुगतदासा स्पोर्ट्स कम्प्लेक्समा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल, किर्गिस्तान, माल्दिभ्स र श्रीलङ्का गरी चार देश सहभागी छन्। उद्घाटन खेल आज मंगलबार दिउँसो २ बजे सुरु हुने कार्यक्रम छ।

प्रतियोगिताका सबै खेलहरू CAVA को आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। नेपालले यस प्रतियोगितामार्फत युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव विस्तार गर्ने अपेक्षा राखिएको छ।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार