सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनाइटेड किङडम अक्रेडिटेसन सर्भिस (UKAS) मार्फत एम्टिभो लिमिटेड, बेलायतबाट प्राप्त ISO/IEC 27001:2022 प्रमाणपत्रमा निरन्तरता पाएको छ।
गत महिना कम्पनीले गराएको सम्परीक्षण अनुसार, कम्पनीले आफ्ना हरेक सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरेको देखिएपछि प्रमाणपत्र नवीकरण गरिएको हो। यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा परिभाषित उत्कृष्ट अभ्यास पालना गरेको पुष्टि गर्दछ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावकारी रूपमा पालन गरेकोले आइएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र नवीकरण भएको हो।
नेपालमा बीमा व्यवसायमा यस प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी बन्ने उपलब्धि सन नेपाल लाइफले हासिल गरेको छ। आइएसओ/आईईसी २७००१:२०२२ नवीकरणसँगै कम्पनीले सूचना सुरक्षा प्रणालीलाई निरन्तर मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको छ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            