नेपाल–भारत केन्द्रीय बैंकको JTCC बैठक काठमाडौंमा सम्पन्न, वित्तीय सहकार्य थप सघन बनाउने सहमति

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

नेपाल राष्ट्र बैंक (NRB) र भारतीय रिजर्भ बैंक (RBI) को संयुक्त प्राविधिक समन्वय संयन्त्र (JTCC) को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा मौद्रिक तथा वित्तीय क्षेत्रमा दुई देशबीच सहकार्य बढाउने विषयमा केन्द्रित छलफल भएको थियो।

बैठकका मुख्य उपलब्धि तथा सहमति:

  • संयन्त्रको प्रभावकारिता: NRB का गभर्नर विश्वनाथ पौडेलले JTCC लाई अन्तरदेशीय मौद्रिक तथा वित्तीय सरोकारका विषयमा परिणाममुखी संवाद र प्राविधिक समाधानका लागि प्रभावकारी संयन्त्र भएको बताए।

  • सहयोग आदान–प्रदान: आगामी दिनमा मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यास (Best Practices) आदान–प्रदानलाई थप सघन बनाउने सहमति।

  • संस्थागत सम्बन्ध: गभर्नर पौडेलले JTCC मार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोग बलियो बन्ने विश्वास व्यक्त गरे।

  • विगतका कार्यान्वयन: RBI का कार्यकारी निर्देशक तथा JTCC संयोजक अर्णवकुमार चौधरीले संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार, भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको जानकारी दिए।

NRB का तर्फबाट JTCC संयोजक एवं कार्यकारी निर्देशक राजनविक्रम थापाले दुईपक्षीय हित प्रवर्द्धनका लागि यो संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनु आवश्यक रहेको औँल्याए।

बैठकपछि दुबै केन्द्रीय बैंकबीचको वित्तीय सहकार्यलाई अझ सघन र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सहमति भएको बताइएको छ।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार