सिटिजन्स बैंक र केल्मी शोरूमबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित केल्मी शोरूम, जावलाखेल बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार, सिटिजन्स बैंकका कार्डधारक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूममा १०% सम्म छुट पाउनेछन्। यसरी ग्राहकले लाभ पाउने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग प्रयोग बढाउन र ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध गराउन ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटको विस्तृत जानकारी सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सिटिजन्स बैंकले यसअघि फोनपेसँग सहकार्य गरी नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड “सिटिजन्स फोनपे क्रेडिट कार्ड”, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र CRN नम्बर सेवा, साथै क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको छ।

बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइ मार्फत १९ लाख ४४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार