नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो।
दुई नेताबीचको ‘सकारात्मक वार्ता’ भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने तयारी गरिरहँदा खनाल–ओली छलफल भएको हो।
एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने बताएका खनालले एमालेसँग छलफल अघि बढाएका हुन्।
ओली र खनालबीच सहमति भए खनालकै नेतृत्वमा एमालेमा फर्कने तयारी समेत छ ।
यदी खनाल र ओलीकोबिचमा सहमति भयो भने खनालकै नेतृत्वमा केहि नेता एमालेमा फर्कनेमा दुईमत छैन ।
नभए पनि राष्ट्रिय सभामा कार्यक्रम गरेर ओलीलाई ल्याउने र एक हप्ताभित्रमा एमालेमा फर्कने तयारी छ ।
नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायतले आज बुधबार बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गरी यसबारे स्पष्ट पार्ने जनाएका छन्।
आजको कार्यक्रममा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई बिनासर्त एमालेमा फर्कन आह्वान गर्ने छ ।
यसका लागि सिधै ओलीसँगै वार्ता भइरहेको तर एमालेमा फर्कन निश्चित जस्तै भएको आज थाहा हुन्छ ।
