नेपालमा हाल पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने तथा बाँकी प्रदेशका केही पहाडी भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी क्षेत्रमा पनि सामान्यतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ। मौसमविद्हरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
