उतारचढावबीच सेयर बजार दोहोरो अंकले वृद्धितर्फ लागेको छ। गएको साता समग्रमा ९६.५३ अंकले बढेको शेयर बजार यो साता उतारचढावमा नै देखिएको छ।
आज बुधबार १२.१७ अंकले बढेर बजार २६०७.४२ बिन्दुमा पुगेको छ। १४९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
यो साता आइतबार ३०.७५ अंकले बढेको बजार सोमबार ८.२३ अंकले घटेकोमा मंगलबार पनि २७.६५ अंकले ओरालो नै लागेको थियो।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
