हाम्रा साथीको रगत सुकेको छैन:जेन-जी रक्षा बम

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार

जेन-जी अभियन्ता रक्षा बमको आक्रोशस् हाम्रा साथीको रगत सुकेको छैन

जेन-जी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्ति खुलेआम हिँडिरहेको र समाजले त्यसलाई सामान्यीकरण गरिरहेको भन्दै आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पीडितले न्याय नपाएको तर दोषीमाथि कुनै कारबाही नभएको विषयप्रति आक्रोश व्यक्त गरेकी हुन्।

उनले भनेकी छन्, ‘निहत्था विद्यार्थीहरूमाथि गोली बर्षाउने आदेश दिने तानाशाह खुलेआम घुम्दैछ। अन्तरवार्ता दिँदैछ। अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ।’ उनले यस्ता व्यक्तिको चुट्किलामा ताली बजाउने कार्यलाई केवल मनोरञ्जनका रूपमा लिन नसकिने तर्क गरेकी छन्।

‘मानिसहरू उसको चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरंकुश तानाशाहको हर्कतलाई बढाइरहेका छन्,’ उनले भनेकी छन्।
अभियन्ता बमले समाजको यस्तो व्यवहार देखेर आफूलाई दिक्क र अचम्म लागेको बताएकी छन्। उनले प्रश्न गरेकी छन्, ‘यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरूरु एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका जेनजीहरूसँग आँखा जुधाएर कुरा गर्न पो कसरी सकिरहेका होलान्’ ।

पीडितहरूको घाउ अझै पनि आलो रहेको र उनीहरू न्यायको पर्खाइमा रहेको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रा साथीहरूको रगत, सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाइते साथीहरूको शरीर झन् बढी कटकट्याएर दुखिरहेको छ।’

उनले हरेक पीडा र हरेक रगतको थोपाले न्याय पाउनुपर्ने माग गरेकी छन्।

 

 

 

 

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार