बिहिबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। बुधबार प्रतितोला १,१०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६०० रुपैयाँ बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज यही दरमा कारोबार भएको हो। बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला २२ रुपैयाँले वृद्धि भई २,९९० रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २,९६८ रुपैयाँमा कारोबार भएको थियो।
