भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार, साउन महिनामा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार, र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व सङ्कलन भएको हो।
गत जेनजी आन्दोलनको समयमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालमार्फत सेवा प्रवाह गरेको थियो। त्यस बाबजुद पनि कार्यालयले पहिलो त्रैमासमा उल्लेखनीय राजस्व सङ्कलन गर्न सफल भएको छ।
