साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् ।
श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ ।






