प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफामा गिरावट देखिए पनि खुद ब्याज आम्दानीमा सुधार आएको छ।
नाफामा ४६.३३ प्रतिशतको कमी
तीन महिनाको अवधिमा बैंकले ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ४ करोड ६ लाख रुपैयाँभन्दा ४६.३३ प्रतिशतले कम हो। नाफामा आएको गिरावट बैंकको सञ्चालन नाफा घट्नु र खराब कर्जा बढ्नुका कारण देखिएको छ।
ब्याज आम्दानीमा सुधार
बैंकले समिक्षा अवधिमा खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढाएर २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ मात्र थियो। यसले बैंकको मुख्य आम्दानी स्रोत ब्याज व्यवसाय अझ स्थिर भएको संकेत गर्छ।
सञ्चालन नाफा र पूँजी स्थिति
बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँभन्दा १६.५१ प्रतिशत कम हो।
असोज मसान्तसम्म बैंकको
-
चुक्ता पुँजी: २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ
-
जगेडा कोष: ४० करोड ६० लाख रुपैयाँ
-
रिजर्भ कोष: १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ
बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाखबाट बढेर ४० करोड ६० लाख रुपैयाँ पुगेको छ।
खराब कर्जा र वित्तीय सूचक
समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशत पुगेको छ। त्यस्तै, प्रतिशेयर आम्दानी (EPS) ९.४९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ कायम भएको छ।
