खुकुरी रम उत्पादक कम्पनी नेपाल डिस्टिलरीजले ब्राण्ड विस्तारका लागि नयाँ अभियान सार्वजनिक गरेको छ ।
कम्पनीले काठमाडौंको एक्स ओ क्लबमा ‘मेरो खुकुरी’ सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय शुरु गरेको हो ।
अभियानमार्फत खुकुरी रमलाई युवाहरूले अँगालेको आधुनिक नेपाली गौरव र पहिचानको प्रतीकका रुपमा अघि बढाउने लक्ष्य कम्पनीले लिएको छ ।
कार्यक्रममा कलाकार, सिर्जनाकर्ता र युवा परिवर्तनकर्ता सहभागी भएका छन् । त्यसक्रममा नेपाली गर्व, एकता र आत्मअभिव्यक्तिको उत्सवसमेत मनाइएको छ ।
