झापाको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सीसी क्यामेरा जडान गरेका छन् ।
टोल विकास संस्थाले अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसी-भैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।
२०६३ सालमा स्थापना भएको यस संस्थाले भैपरी सामाजिक कामका लागि एक लाखको टोल सुधार कोष स्थापना गरिएको थियो । जसै अनुसार सीसी क्यामरा पनि जडान गरिएको हो ।
